प्रहरीमा एकैदिन १४९ डीएसपी र ४६ एसपीको सरुवा
शनिबार, जेठ २, २०८३
प्रहरी महानिरीक्षकको मिति २०८३/ ०२/ १ गतेको निर्णयानुसार मिति २०८३ जेठ महिनादेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिनुहुन अनुरोध गरिएको उल्लेख गर्दै प्रहरी सरुवा गरिएको हो ।
मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित
शनिबार, वैशाख ५, २०८३
सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।
बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने तामाङ पक्राउ
बुधबार, माघ २१, २०८२
उनले भने, ‘निज तामाङले बेलायत पठाउने भन्दै रु सात लाख ९० हजार रकम लिइ लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।’
प्रहरीका लागि निर्वाचन लक्षित अनुशिक्षण सुरु‚ १० दिनसम्म चल्ने
बुधबार, माघ २१, २०८२
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहकाबीच आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यक्रम सुरु गरेको हो ।
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
आइतबार, माघ १८, २०८२
उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर बदली कीर्ते गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए।
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
शुक्रबार, माघ १६, २०८२
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए ।
लागुऔषधसहित पाँच जना पक्राउ
आइतबार, माघ ११, २०८२
पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
नगद तथा गरगहनासहित एक जना पक्राउ
बिहीबार, पुस १७, २०८२
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो ।
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, पुस १७, २०८२
आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरू, विभागीय प्रमुखहरू उपस्थित रहेका थिए।
प्रहरीले भन्योः इसानको मृत्यु गाडीको ठक्करबाट भएको हो
बुधबार, पुस १६, २०८२
जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी इसानको मृत्युको घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको जनाएको हो । प्रहरीले यही पुस २ गते नालीमा बेहोस रहेका इसानलाई आफन्तहरुको उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको विवरण...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जानकारी दियो ।
प्रहरीका तीन डीआईजीको सरुवा
सोमबार, मंसिर ८, २०८२
नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
बिहीबार, कात्तिक २७, २०८२
सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
साताको लोकप्रिय

