Harsamaya
प्रहरीका तीन डीआईजीको सरुवा
तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।

सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले तीन डीआईजी सरुवाको निर्णय गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

विनोद घिमिरे, दिलिपसिंह देउवा र दिपककुमार बस्नेतको सरुवा भएको हो । घिमिरेले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।प्रदेश समन्वय विभागमा देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा बस्नेतलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update