Harsamaya
डोल्पामा लेक लागेर जुम्लाकी एक युवतीको मृत्यु
शेफोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजिमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर फोक्सुण्डो स्वास्थ्य चौकीमा उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मुगु - हिमाली जिल्ला डोल्पामा लेक लागेर जुम्लाकी एक यूवतीको मृत्यु भएको छ । लेक लागेर जुम्ला गुठिचौर गाउपालिका वडा नं. १ मणीगाउँ कि बर्ष १७ कि मन्जली रोकायाको मृत्यु भएको हो ।

शेफोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजिमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर फोक्सुण्डो स्वास्थ्य चौकीमा उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

स्वास्थ्य चौकीमा अक्सिजन र सीपीआर समेत गरिएको थियो । स्वास्थ्य चौकीका अनुसार रोकायलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने बान्ता हुने बेहोस हुने जस्ता लेक लाग्ने उच्च उचाइका लक्षणहरू देखिएका थिए ।

फोक्सुण्डो क्षेत्र समुद्री सतहबाट करिब ३६ सय मिटरभन्दा बढीको उचाइमा रहेको छ । हिउँद सकिएसंगै यार्चा टिप्न पाटन जाने साथै पर्यटकीय चहलपहल र स्थानीयको आवतजावत बढ्न थालेसँगै यस क्षेत्रमा लेक लाग्ने समस्या देखिन थालेको हो ।

उच्च हिमाली क्षेत्रको यात्रा गर्दा प्रशस्त पानी पिउन, बिस्तारै उचाइ तय गर्न र लेक लाग्ने प्रारम्भिक लक्षण देखिनासाथ हेलचेक्र्याइँ नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्थानीय र पर्यटकहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update