Harsamaya
अनलाइन सट्टेबाजीमा संलग्न नौजना पक्राउ‚ ३१ करोड बढीको कारोबार गरेको खुलासा
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - अनलाइन सट्टेबाजीमा संलग्न नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले ललितपुरको एक अपार्टमेन्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तीनजना भारतीय र ६ जना नेपाली छन् । पक्राउ पर्ने भारतीयहरूमा चेतन यादव, आशिष शर्मा रौनक सिंह छन् । यसैगरी नेपालीहरूमा सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर छन् ।

उनीहरूले ललितपुरको हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर सट्टेबाजी धन्दा चलाएका थिए । उनीहरूको साथबाट आठ ल्याप्टप, २४ मोबाइल र ३१ सिमकार्ड बरामद गरिएको छ । उनीहरूले सट्टेबाजबाट ३१ करोड २४ लाख ३४ हजार बढीको कारोबार गरेको खुलेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update