Harsamaya
एकीकृत सवारी सेवा सिंहदरबारबाट ५:२० बजे मात्रै छुट्ने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ।

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकीकृत सवारी सेवासम्बन्धी नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको छ।

मन्त्रालयले २०८२ चैत २३ गते जारी गरेको पत्रअनुसार विभिन्न निकायबाट सञ्चालन हुने एकीकृत सवारी (बस)हरू सिंहदरबार परिसरबाट बेलुका ५:२० बजे मात्रै छुट्ने व्यवस्था मिलाउन भनिएको छ।

यसअघि केही सवारी ५:०० बजे नै छुट्ने र कर्मचारीहरू पनि सोहीअनुसार कार्यालय समयअघि नै निस्कने गरेको पाइएको थियो। यसले कार्यालयको कार्यसम्पादनमा असर परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

पत्रमा राष्ट्रिय सतर्कता केन्द्रको पत्रको सन्दर्भ उल्लेख गर्दै कार्यालय समयलाई प्रभाव नपर्ने गरी सवारी सञ्चालन व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

यस व्यवस्था २०८२ चैत २४ गतेदेखि पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।

663313484_2350158945463281_7224967811339478614_n-1775653226.jpg

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update