Harsamaya
साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी
राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारी ।

काठमाडौं - राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँको कुराकानी उनले साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।

महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको रुपमा सामाजिक सञ्जालको नकारात्मक रुपमा प्रयोग भएको भन्दै उनले मर्यादीत समाज बनाउनको लागि पनि साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘समाजमा बाच्नै नसक्नेगरी अहिलेको अर्को हतियार नकारात्मक रुपमा महिलाहरुमाथि प्रयोग भएको छ । महिलाको जीवन सिध्याउन उसको चरित्रमाथि प्रश्न गरिदिए पुग्छ । यो साइबर बुलिङ सम्बन्धी कानुन नै बनाएर जुन अपराधिक क्रियाकलाप भइरहेको छ त्यसको लागि सरकाले चाँडै सोच्ने छ । मर्यादीत समाज बनाउने हो भने यस सम्बन्धी कानुन नै बनाउनुपर्छ जस्तो लाग्छ ।’

त्यस्तै राष्ट्रिय सभाको काम कारवाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त र मर्यादीत सभा बनाउन आफ्नो भूमिका रहने उनले जानकारी दिइन् । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक काम कारवाही अगाडि बढाउने विशेष योगदान आफ्नो हुने उनले जानकारी दिइन् ।

‘राष्ट्रिय सभाको काम कारवाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त, मर्यादीत सभाको आफ्नो कर्तव्यतिर सहयोग गर्न मेरो आफ्नो भूमिका हुनेछ । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक अध्यक्षपछि मैले काम कारवाही अगाडि बढाउने विशेष योगदान हुने छ,’ उनले भनिन्।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update