अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको भन्दै ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखक प्रहरी हिरासतमै बसेका छन् । म्याद थपका लागि लेखकलाई अदालतमा उपस्थित गराइएको थियो भने ओली भर्चुअल रूपमा सहभागी भएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ २०:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

