ओली–लेखकको रिहाइ २६ गतेमात्रै हुने
सोमबार, चैत २३, २०८२
‘चैत २१ देखि लागु हुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप अनुमति प्रदान गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ चैत २२ भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार सो हुन नसकेमा तत्पश्चात अर्थात् तेस्रोपपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नू गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,’ आदेशमा लेखिएको छ ।
अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु
आइतबार, चैत २२, २०८२
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
ओली र लेखक पक्राउ सम्बन्धमा कांग्रेस इतर समूहको चेतावनी: कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्छौं
शनिबार, चैत १४, २०८२
'दूराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।'
साताको लोकप्रिय

