ओली–लेखकको रिहाइ २६ गतेमात्रै हुने
सोमबार, चैत २३, २०८२
‘चैत २१ देखि लागु हुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप अनुमति प्रदान गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ चैत २२ भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार सो हुन नसकेमा तत्पश्चात अर्थात् तेस्रोपपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नू गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,’ आदेशमा लेखिएको छ ।
तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
सोमबार, चैत २३, २०८२
ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले जारी गरेको हो । प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले जारी गरेको हो ।
अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु
आइतबार, चैत २२, २०८२
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र
आइतबार, चैत १५, २०८२
जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज ज्ञापनपत्र बुझाएको हो ।
ओली र लेखक पक्राउ सम्बन्धमा कांग्रेस इतर समूहको चेतावनी: कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्छौं
शनिबार, चैत १४, २०८२
'दूराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।'
नवगठित नेकपा ज्येष्ठ नागरिकहरूको आश्रम: अध्यक्ष ओली
सोमबार, कात्तिक २४, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् ।
साताको लोकप्रिय

