काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् ।
सोमबार घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले नेकपामा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै उनले छैटौँ नम्बर पाएपछि कुदिहाल्दो रहेछन् भन्दै टिप्पणी गरे ।
“ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ । ज्येष्ठ नागरिक आश्रममा अब एक दुई जनालाई समेट्न बाँकी छ । अनि कोर्स पूरा हुन्छ उहाँहरूको । कोही कोही छैटौँ नम्बर पाएपछि कुदिहाल्नु हुँदो रहेछ‚”उनले भने ।
त्यस्तै उनले अनेरास्ववियूलाई विद्यालय–क्याम्पसमा पस्न नदिने अनि विदेशका विभिन्न एजेन्सीका अनेक क्रियाकलापमार्फत आगजनी गर्न सिकाउन चाहिँ पठाउने ?भन्दै निजी विद्यालयहरूलाई प्रश्न गरे ।
त्यस्तै उनले घरीघरी जेनजीलाई उकास्न सडकमा निस्किएकाहरु आफूहरूले देखेको भन्दै भदौ २४ गतेका दिन नै प्रधानमन्त्री र मन्त्रीहरू को को हुँदै छन् भन्ने थाहा पाएको बताए ।

