Harsamaya
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेले आज ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

ओलीलाई तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

काठमाडौं, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ–आफ्नो जिल्ला प्रशासन कार्यालयबाट एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज ज्ञापनपत्र बुझाएको हो । 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update