राष्ट्रियसभा उपाध्यक्ष एमालेकी लीला भण्डारी हुने पक्का
काठमाडौं - राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।
सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताइन् ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

