Harsamaya
व्यवसायी शंकर अग्रवाल पक्राउ
व्यवसायी शंकर लाल अग्रवाल।

काठमाडौं - व्यवसायी शंकर लाल अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो ।

अग्रवाललाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update