४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ
काठमाडौं - बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।
इलाम ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

