Harsamaya
बलात्कार आरोपमा एमाले नेता कर्णबहादुर मल्ल पक्राउ
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार मल्ललाई शनिबार सातदोबाटो क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि बलात्कारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुगु घर भएका मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। पीडितको आरोप अनुसार बालकुमारीस्थित एक होटलमा मल्लले आफूलाई बलात्कार गरेको बताएकी छन्।

प्रारम्भमा पीडितले भ्रूणहत्यासम्बन्धी जाहेरी दिएको भएपनि पछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्। पीडित महिला कालिकोटकी स्थानीय भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update