Harsamaya
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
मौसम पूर्वानुमान महाशाखा । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हावाहुरी र असिनासहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भूभागमा आँशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update