Harsamaya
डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो । जीप मृतक सुबोध रोकायाले चलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update