रसुवा - रसुवाबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा करिब पाँच सय विद्यार्थी सहभागी हुने भएका छन् ।
आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल पाँच सय ५७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रसुवाको सूचना अधिकारी जीवन दाहालले जानकारी दिएका छन् ।
इकाईका अनुसार नियमिततर्फ चार सय २१ र ग्रेड वृद्धितर्फ ८१ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। यस वर्ष रसुवामा ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।
प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने कालिकास्थानस्थित कालिका हिमालय मा.वि. (विद्यालय कोड २४०४) विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । रसुवामा प्राविधिक धारतर्फ नियमित परीक्षा दिने ५५ जना परीक्षार्थी रहेको जनाइएको छ ।
एसईई २०८२ का लागि रसुवामा तोकिएक परीक्षा केन्द्रहरू :-
१) रसुवा मा.वि. (विद्यालय कोड २४०१) : ५९ जना (५६ नियमित र ३ ग्रेड वृद्धि तर्फ)
२) कोमिन श्यामेवाङफेल मा.वि. (विद्यालय कोड २४०२) : ६६ जना (५५ नियमित र ११ ग्रेड वृद्धि तर्फ)
३) निलकण्ठ नमुना मा.वि. (विद्यालय कोड २४०३) : १०७ जना (१०१ नियमित र ६ ग्रेड वृद्धि तर्फ)
४) कालिका हिमालय मा.वि. (विद्यालय कोड २४०४) : १६५ जना (७९ नियमित,५५ प्राविधिक धार र ३१ ग्रेड वृद्धि तर्फ)
५) नीलकण्ठ मा.वि. (विद्यालय कोड २४०५) : ८० जना (७२ नियमित र ८ ग्रेड वृद्धि तर्फ)
६) गौतम बुद्ध मा.वि. (विद्यालय कोड २४०६) : ८० जना (५८ नियमित र २२ ग्रेड वृद्धि तर्फ)


