Harsamaya
एसईईमा नुवाकोटका करिब चार हजार विद्यार्थी सहभागी हुने (परीक्षा केन्द्रसहित)
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोट । तस्वीर : हर समय/Har Samaya

नुवाकोट - नुवाकोटबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा करिब चार हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल चार हजार २२५ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटकी सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिएकी छिन् । 

इकाईका अनुसार नियमिततर्फ तीन हजार १७२ र ग्रेड वृद्धितर्फ ८२७ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन्। यस वर्ष नुवाकोटमा १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने जिल्ला सदरमुकाम विदुरस्थित पृथ्वी मावि (विद्यालय कोड २५११७) विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  नुवाकोटमा प्राविधिक धारतर्फ नियमित परीक्षा दिने २२६ जना र ग्रेड वृद्धितर्फ ३८ जना परीक्षार्थी रहेको जनाइएको छ ।

एसईई २०८२ का लागि नुवाकोटमा तोकिएक परीक्षा केन्द्रहरू
१) चण्डेश्वरी मावि, तुप्चे (विद्यालय कोड २५००९ ) : २०२ जना (१४३ नियमित र ५१ ग्रेड वृद्धि तर्फ)
२) त्रिभुवन त्रिशुली मावि, त्रिशुली (विद्यालय कोड २५००१) : २४८ जना (२२० नियमित र २८ ग्रेड वृद्धि तर्फ)
३) अर्किड एकेडेमी, बट्टार (विद्यालय कोड २५०८६) : २६३ जना (२२८ नियमित र ३५ ग्रेड वृद्धि तर्फ)
४) भैरुम मावि, हात्तीगौडा (विद्यालय कोड २५०२२) : २५३ जना (२१९ नियमित र ३४ ग्रेड वृद्धि तर्फ)
५) च्वाडी पब्लिक मावि, माझीटार (विद्यालय कोड २५००७) : २४३ जना (१७८ नियमित र ६५ ग्रेड वृद्धि तर्फ)

६) रणभुवनेश्वरी मावि, देवीघाट (विद्यालय कोड २५००६) : २०२ जना (१७८ नियमित र २४ ग्रेड वृद्धि तर्फ)
७) महादेव मावि, रातमाटे (विद्यालय कोड २५०२५) : २५२ जना (१७९ नियमित र ७३ ग्रेड वृद्धि तर्फ)
८) भवानी मावि, रानीपौवा (विद्यालय कोड २५०३२) : २२३ जना (१६४ नियमित र ५९ ग्रेड वृद्धि तर्फ)
९) नवजीवन मावि, ककनी (विद्यालय कोड २५०६०) : १४२ जना (११४ नियमित र २८ ग्रेड वृद्धि तर्फ)
१०) क्षेत्रपाल मावि, चौघडा (विद्यालय कोड २५००३) : २०४ जना (१७२ नियमित र ३२ ग्रेड वृद्धि तर्फ)

११) अमरज्योति मावि, खरानीटार (विद्यालय कोड २५००२) : २४६ जना (१७५ नियमित र ७१ ग्रेड वृद्धि तर्फ)
१२) सुन्दरा मावि, सातविसे (विद्यालय कोड २५०१६) : १५७ जना (१३२ नियमित र २५ ग्रेड वृद्धि तर्फ)
१३) रुक्मणी मावि, समुन्द्रटार (विद्यालय कोड २५०७१) : ३२९ जना (२४९ नियमित र ८० ग्रेड वृद्धि तर्फ)
१४) कुण्डला मावि, भद्रुटार (विद्यालय कोड २५०१०) : १७० जना (१४५ नियमित र २५ ग्रेड वृद्धि तर्फ)
१५) बागेश्वरी मावि, चोकदे (विद्यालय कोड २५०१२) : १७७ जना (१२२ नियमित र ५५ ग्रेड वृद्धि तर्फ)

१६) जनज्ञान निकेतन मावि, थानसिङ (विद्यालय कोड २५०११) : १८० जना (१४७ नियमित र ३३ ग्रेड वृद्धि तर्फ)
१७) कामरुदेवी मावि, दुईपीपल (विद्यालय कोड २५०३५ ) : १६५ जना (१३४ नियमित र ३१ ग्रेड वृद्धि तर्फ)
१८) सुभेनियर बो स्कुल, बट्टार (विद्यालय कोड २५०४४) : २६८ जना (२४१ नियमित र २७ ग्रेड वृद्धि तर्फ)
१९) पृथ्वी मावि, विदुर (विद्यालय कोड २५११७) : ३०१ जना (३२ नियमित,४३ ग्रेड वृद्धि र २२६ प्राविधिक तर्फ)

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update