आज घोडे जात्रा पर्व मनाइँदै
काठमाडौं - आज घोडे जात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडे जात्रा मनाउने गरिएको छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रूपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।
आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

