Harsamaya
रास्वपाले प्रतिनिधिसभामा पठाउने ५७ जनाको नामावली सार्वजनिक
रास्वपाको केन्द्रीय कार्यालय ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने ५७ जनाको अन्तिम नामावली सार्वजनिक गरेको छ।

पार्टीले विभिन्न समावेशी क्लस्टरअनुसार ४८ महिला र ९ पुरुष गरी ५७ जनालाई चयन गरेको हो। सूचीमा खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइएको छ।

खसआर्य (१६ महिला, १ पुरुष)
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ।

आदिवासी जनजाति (१३ महिला, ३ पुरुष)
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा।

मधेसी (६ महिला, ३ पुरुष)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण।

दलित (७ महिला, १ पुरुष)
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा र खिमा विक।

थारु (२ महिला, २ पुरुष)
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।

मुस्लिम (३ महिला)
समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी।

रास्वपाले समानुपातिक प्रणालीअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै विभिन्न समुदायबाट उम्मेदवार चयन गरिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update