Harsamaya
एमालेले बुझायो आयोगमा सम्भावित १६ सांसदको नाम
एमाले केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आफूले पाउने सिटका आधारमा १६ जना सम्भावित सांसदको नाम निर्वाचन आयोग नेपाललाई बुझाएको छ।

आइतबार सम्भावित सांसदहरूको सूची आयोगमा बुझाइएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

एमालेले विभिन्न समावेशी क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरेको छ। जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कुलभक्त शाक्यलाई सिफारिस गरिएको छ।

महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बरालको नाम सिफारिस गरिएको छ।

पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेलको नाम प्रस्ताव गरिएको छ। थारु पुरुषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी, मधेसी महिलाबाट रिङ्ला यादव तथा यशोधा कुमारी यादवलाई सिफारिस गरिएको छ।

amale-1773570805.jpg

amale-2-1773570805.jpg

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update