बलात्कार र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
                            
                            
                                                        
                                                    
                                                            सिरहा - नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो ।
सूचना अधिकारी पासवानका अनुसार ती कर्मचारीको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको हो । काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार काठमाडौँ साइबर ब्युरो शाखा पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २१:४८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
