काठमाडौं - कञ्चनपुरको बेलौरी नगरपालिका १० बाट लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई सवार ८३० मिलिग्राम लागूऔषध खैरासहित प्रक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको से७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८३० मिलिग्राम भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७७० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

