Harsamaya
धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई विजयी
राजेन्द्रकुमार राई ।

काठमाडौं - प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी भएका छन्। उनले १८ हजार १३२ मत प्राप्त गरे।

विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए। यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत तथा रास्वपाका दिनेश भण्डारीले नौ हजार ९४४ मत प्राप्त गरे।

विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरे। जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन्।

निर्वाचनमा तीन स्वत्रन्त्र र १४ दलसहित १७ उम्मेदवार चुनावी मैदानमा थिए।

धनकुटा - १ को मत अपडेट :-
राजेन्द्र कुमार राई (नेकपा एमाले) = 18,132 (विजयी)
दिनेश राई (नेपाली कांग्रेस) = 14,257
सान बहादुर राई (श्रम संस्कृति पार्टी) = 11,932
दिनेश भण्डारी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 9,944
धर्मराज पौडेल (नेपाली कम्युनिष्ट पार्टी) = 1,665
लाक्पा तामाङ्ग (स्वतन्त्र) = 1,181
बिभत्सु थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 703
आइत राज लिम्वु (जनता समाजवादी पार्टी, नेपाल) = 432

निशान राई (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 238
शालिक राम राई (राष्ट्रिय परिवर्तन पार्टी) = 221
रविन कुमार राई (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 132
जीतेन्द्र राई (स्वतन्त्र) = 91
सागर राई (मंगोल नेशनल अर्गनाइजेसन) = 82
बाल कुमार ताम्ली (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 65
मन कुमार योञ्जन (स्वतन्त्र) = 56
प्रेम वहादुर थापा (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 55
उत्तम साखकर्मी (नेपाल मजदुर किसान पार्टी) = 22

जम्मा मतदाता : १,१८,४२५  [५९,४८३ पुरुष र ५८,९४२ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update