Harsamaya
रुकुम पश्चिम–१ मा गोपाल शर्मा विजयी
गोपाल शर्मा ।

रुकुम पश्चिम - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रुकुम पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्।

शर्माले २९ हजार ६०९ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीलाई पछि पार्दै जीत हासिल गरेका हुन्। केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरेका छन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका जनार्दन शर्मा ३९ हजार ५४९ मतसहित विजयी भएका थिए। तर यसपटक उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका थिए।

रूकुम पश्चिम - १ को मत अपडेट :-
गोपाल शर्मा (नेपाली कम्युनिष्ट पार्टी) = 21,609 (विजयी)
राजु के.सी. (नेपाली कांग्रेस) = 16,661
जनार्दन शर्मा (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 14,346
मान बहादुर शाही (राष्ट्रिय स्वतन्त्र पार्टी) = 4,076
नन्दराम देवकोटा (नेकपा एमाले) = 1,869
चन्द्र वहादुर वुढा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 366

गोपाल खडका (राष्ट्रिय प्रजातन्त्र पार्टी) =228
सत्यनारायण श्रेष्ठ (राष्ट्रिय जनमोर्चा) = 170
नरेन्द्र के.सी (उज्यालो नेपाल पार्टी) = 84
शेर बहादुर के.सी. (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 54
प्रेमा दमाई नेपाली (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 45
धनबहादुर वि.क. (नेपाल मजदुर किसान पार्टी) = 15

जम्मा मतदाता : १,०६,६५९ [५४,२६३ पुरुष र ५२,३९६ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update