डोल्पा - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत डोल्पा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्।
बुढाले ६ हजार ८०२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायाले ५ हजार ३९६ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगीले ९२ मत ल्याएका छन्।
डोल्पा - १ को मत अपडेट :-
धनबहादुर बुढा (नेपाली कम्युनिष्ट पार्टी) = 6,802 (विजयी)
लंक बहादुर रोकाया (नेकपा एमाले) = 5,396
कर्ण बहादुर बुढा (नेपाली कांग्रेस) = 2,947
देव सिहं ऐडी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 181
हरि प्रसाद डाँगी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 92
ओमेन्द्र बहादुर के.सी. (स्वतन्त्र) = 54
विकाश बुढा (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 21
दिल बहादुर बिस्ट (उज्यालो नेपाल पार्टी) = 11
जुनु भण्डारी (मितेरी पार्टी नेपाल) = 2
जम्मा मतदाता : २४,११५ [११,९२८ पुरुष र १२,१८७ महिला]

