सुर्खेत - प्रतिनिधि सभा निर्वाचनमा सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दलाई दुई हजार २८५ को मतान्तरमा मल्ल निर्वाचित भएका हुन् ।
मल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
सल्यानमा नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
सल्यान -१ मत अपडेट :
रमेश कुमार मल्ल (नेपाली कम्युनिष्ट पार्टी) = 23,189 (विजयी)
ललित कुमार चन्द (राष्ट्रिय स्वतन्त्र पार्टी) = 20,904
केश बहादुर विष्ट (नेपाली कांग्रेस) = 17,558
गुलावजंग शाह (नेकपा_एमाले) = 15,373
चन्द्र बहादुर खड्का (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 943
अनिशा नेपाली (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 902
डिल्ली बहादुर घर्ती (नेशनल रिपब्लिक नेपाल) = 222
धन बहादुर बुढामगर (श्रम संस्कृति पार्टी) = 150
ध्रुव राज वली (स्वतन्त्र) = 120
कमला डाँगी (राष्ट्रिय जनमोर्चा) = 119
कालिदास वि.क. (संयुक्त नागरिक पार्टी) = 99
लाल बहादुर थापा क्षेत्री (नेपाल मजदुर किसान पार्टी) = 66
बाला सिंह घर्ती (मंगोल नेशनल अर्गनाइजेसन) = 52
जुद्धबहादुर सिंह (स्वतन्त्र) = 12
जम्मा मतदाता : १,६२,४४९ [८३३२१ पुरुष र ७९१२८ महिला

