काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका उनी २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् । १५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डा. सुदन कुमा वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।
रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चूडामणि वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् । उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन् । २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
रोल्पा-१ को मत अपडेट :-
वर्षमान पुन (नेपाली कम्युनिष्ट पार्टी) = 27,460 (विजयी)
सुदन कुमार वली (नेपाली कांग्रेस) = 12,008
बालराम थापा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 10,894
गोकुल प्रसाद घर्ती (नेकपा_एमाले) = 9,933
चुडामणी वली (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 3,714
अम्मर बहादुर थापा क्षेत्री (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 846
मेख बहादुर विष्ट (राष्ट्रिय जनमोर्चा) = 318
मन बहादुर घर्तिमगर (नेशनल रिपब्लिक नेपाल) = 279
कुमार घर्ती मगर (मंगोल नेशनल अर्गनाइजेसन) =118
दीलबहादुर कामी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 62
जम्मा मतदाता : १,४९,५९७ [७४६९० पुरुष र ७४९०७ महिला]

