काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खड्क बहादुर शाही मुगुबाट विजयी भएका छन् । उनले नेकपा एमालेका पूर्ण बहादुर रोकायालाई १,२७६ मतको अन्तरले पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्कले १२,८९० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रामकृष्ण बिकले ११,६१४ मत पाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
मुगु - १ को मत अपडेट :-
खड्ग शाही (नेपाली कांग्रेस) = 7,914 (निर्वाचित)
पूर्ण बहादुर रोकाया (नेकपा एमाले) =6,718
चन्द्र बहादुर शाही (नेपाली कम्युनिष्ट पार्टी) = 5,558
भुवन टमटा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 530
रंगविर परियार (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 280
बल बहादुर मल्ल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 203
ऐटन कुमार मल्ल (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 22
जम्मा मतदाता : ३६,०३१ [१८,५९८ पुरुष र १७४३३ महिला]

