सोलुखुम्बु - सोलुखुम्बुमा नेपाली काँग्रेसका प्रकाश सिंह कार्की निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
काँग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।
सोलुखुम्बु - १ को मत अपडेट :-
प्रकाश सिंह कार्की (नेपाली कांग्रेस) = 13,166 (विजयी)
अशिम राई (नेपाली कम्युनिष्ट पार्टी) = 9,414
कल्पना राई (नेकपा_एमाले) = 8,228
ऋषि धन थुलुङ राई (राष्ट्रिय स्वतन्त्र पार्टी) = 3,642
वियस राई (श्रम संस्कृति पार्टी) = 3,363
पेम्बा छिरी शेर्पा (उज्यालो नेपाल पार्टी) = 278
लाक्पा शेर्पा (जनता समाजवादी पार्टी, नेपाल) = 203
राजेन्द्र वस्नेत (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 157
गुणराज एफ भट्टराई (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 41
मन कुमार गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) = 34
कमल बहादुर मगर (नेपाल मजदुर किसान पार्टी) = 31
श्रीध्वज तामाङ्ग (मितेरी पार्टी नेपाल) = 9
जम्मा मतदाता : ८५,५१५ [४४,४८३ पुरुष र ४१०३२ महिला]



