Harsamaya
पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी
पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी ।

पाँचथर - पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । आज सम्पन्न मतगणनाअनुसार उनी १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । 

यस्तै नेकपा (एमाले) अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले दुई हजार ८२५ मत पाउनुभएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङले ९२५, जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघाले २४७, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १६२, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ११५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १८० र नेकपा (माओवादी)का विजय नेम्बाङले ९० नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ६१ र नेपाल मजदुर किसान पार्टीका लछुमन तामाङले ३२ मत पाएका छन् । 

जिल्लामा एक लाख ४३ हजार ४०८ मतदाता रहेकामा प्रत्यक्षतर्फ ७० हजार ८१८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए । यसमध्ये ६६ हजार ९२१ मत सदर हुँदा तीन हजार ८९७ मत बदर भएको छ । 

पाँचथर -१ को मत अपडेट :-
नरेन्द्र कुमार केरुङ (नेपाली कांग्रेस) = 17,233 (विजयी)
हस्त राज शर्मा (श्रम संस्कृति पार्टी) = 14,734
अइन्द्रसुन्दर नेम्वाङ (नेकपा_एमाले) = 14,534
हर्क बहादुर नेम्बाङ (नेपाली कम्युनिष्ट पार्टी) = 11,443
महेन्द्र विक्रम थाम्सुहाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 4,197
टेकबहादुर सुब्बा (राष्ट्रिय परिवर्तन पार्टी) = 2,825
तेज कुमार कुरुम्बाङ्ग (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 925

मचिन्द्र प्रसाद बेघा (जनता समाजवादी पार्टी, नेपाल) = 247
भानु भक्त फियाक (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 180
राम कुमार तुम्रोक (मंगोल नेशनल अर्गनाइजेसन) = 162
मित्र लिङदेन (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 143
प्रकाश काफ्ले (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 115
विजय नेम्वाङ (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 90
नरेन्द्र प्रसाद कुरुम्बाङ (नेपाल जनमुक्ति पार्टी) = 61
लक्षुमान तामाङ (नेपाल मजदुर किसान पार्टी) = 32

जम्मा मतदाता : १,४३,४०८ [७६,०७८ पुरुष र ६७३३० महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update