प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको छ : बालेन
काठमाडौं - रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् ।बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् ।
उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । ‘आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ ।
छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

