Harsamaya
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’ मा  ट्रम्पले लेखेका छन्– ‘इतिहासका सबैभन्दा क्रूर व्यक्तिहरूमध्ये एक मानिएका अली खामेनी मारिएका छन्। यो केवल इरानका जनताका लागि मात्र न्याय होइन,  ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपातपूर्ण समूहले मारिदिएको थियो।’

इजरायलले २८ फेब्रुअरीमा इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति वार रुममा बसेर इरानमाथि भएका एयरस्ट्राइकको निगरानी गरिरहेका थिए।

इजरायलले इरानमाथिका आक्रमणको कोडनेम ‘लायन रोर’ राखेको छ। अमेरिकाले यसलाई ‘अपरेशन एपिक फ्युरी’ नाम दिएको छ। इरानको सेनाले जवाफी कारबाहीलाई ‘खतम–ए–तूफान’ नाम दिएको छ। रोयटर्सले पनि इजरायली अधिकारीहरूको हवाला दिँदै इरानका सर्वोच्च नेताको मृत्यु भएको दाबी गरेको छ। 

तर  इरानका विदेश मन्त्री अब्बास अराघ्चीले सर्वोच्च नेता जीवित रहेको बताएका छन्। उनका अनुसार उनी सुरक्षित स्थानमा छन्।इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका र इजरायलका आक्रमणमा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन्।

 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update