Harsamaya
लागू औषधिसहित नौ जना पक्राउ
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् ।

अभियुक्तहरुबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरु पक्राउ परेका हुन् ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update