रविको बयान सकियो, थुनछेक बहसको तयारी
                            
                            
                                                        
                                                    
                                                                        चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान चितवन जिल्ला अदालतमा भर्खरै सकिएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेको बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो । बयान सकिएसँगै थुनछेन बहसको तयारी गरिएको छ । बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् ।
सरकारी वकिलको तर्फबाट तीन जना, सहकारी पीडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो । यसअघि असोज ८ गते १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:५६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
