मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जना उद्धार
एजेन्सी - मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालय भवनमा आगलागी भएको छ।
समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ। आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ।
आगलागी भवनको चौथो तलामा सुरु भएको र करिब ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार, आगलागी विद्युतीय उपकरणमा आएको आकस्मिक समस्या कारणले हुनसक्ने अधिकारीहरूले बताएका छन्।
मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीको कारण पत्ता लगाउन प्रक्रिया सुरु गरिसकेको छ र स्थलगत अनुसन्धानको नतिजा आएपछि थप विवरण सार्वजनिक गरिनेछ।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

