Harsamaya
दुर्घटनामा जुगल गाउँपालिका बस्ने मगरको मृत्यु
सांकेतीक तस्वीरः हर समय/harsamaya

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२-०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।

तामाङका अनुसार गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई अपराह्न मृत घोषणा गरेको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update