Harsamaya
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अस्पतालले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । 

त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

एन्टिबायोटिक्स खाँदा पनि निको नभएपछि लामिछानेलाई अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको थियो । उनलाई नसाबाट औषधि चलाइएको थियो ।

622898874_25796242763399398_2990982434016982129_n-1769697150.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update