Harsamaya
काठमाडौं–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले गराए मनोनयन दर्ता

काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्। नेकपा एमालेबाट राजन भट्टराई र काँग्रेसबाट सचिन तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन दर्ता गराएका हुन् । काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update