Harsamaya
गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं - सर्वोच्च अदालतमा नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा आज पेशी तोकीएको छ । 

 निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाईको लागि आजका  पेसी तोकिएको हो । आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मङ्गलबारको लागि तोकेको थियो । 

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि काँग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update