Harsamaya
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामापत्र दिएपछि राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपाने ।

काठमाडौं - राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update