Harsamaya
विशेष महाधिवेशन पक्षधरको पहिलो सर्त: सभापति देउवालाई आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नदिने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाले आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नहुने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिँदै सभापति देउवालाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्न नदिने आफूहरूको बटमलाइन भएको जानकारी दिए । 

‘अब उहाँले विश्राम लिने हो उहाँलाई चुनाव लड्न दिँदैनौं’, विशेष महाधिवेशन पक्षधर सुवास पोखरेलले भने । विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ ।  

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update