कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ
काठमाडौं - नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न बसेको बैठक सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।
संस्थापन पक्ष, शेखर पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबीच भएको पहिलो चरणको वार्ता सकारात्मक भएको नेताहरूले बताएका छन्।
लाजिम्पाटमा मंगलबार बिहान भएको छलफलमा तीन पक्षका आठ जना नेताहरू सहभागी थिए। छलफलपछि नेता रमेश लेखकले विषयहरू पहिचान भएको र सहमतिका लागि आज दिउँसो साढे २ बजे पुनः बैठक बस्ने जानकारी दिए।
पार्टी एकता कायम राख्ने विषयमा दुवै पक्ष लचिलो देखिएको सहमहामन्त्री जीवन परियारले बताए ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

