कांग्रेस विवाद मिलाउन नेताहरू छलफलमा
काठमाडौं - नेपाली कांग्रेस भित्र देखिएको विवाद मिलाउन नेताहरू बैठक बसिरहेको छ । मंगलबार लाजिम्पाटमा बैठक बसिरहेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य रमेश लेखक, बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा पक्षबाट केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्य, विशेष महाधिवेशनका अभियन्ता गुरुराज घिमिरे र देवराज चालिसेबीच छलफल जारी छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ ०९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

