बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            सिरिया - सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।
‘बन्दुकधारीहरूले भाग्नु अघि गाउँका मानिसहरूलाई गोली हाने ।’
अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको थिए ।
सिरियाली अखबार अल–वतानले सुरक्षा बलहरूले हत्याको पछाडि अपराधीहरूलाई खोज्न अर्जाह क्षेत्रलाई घेरेको बताएको छ ।
उक्त आक्रमणमा मारिनेहरूमा पूर्व अफिसर र सिपाहीहरू थिए ।
 
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:१४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    