कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ?
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले नौ उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
काँग्रेसले राष्ट्रिय सभामा एमाले र जसपा नेपालसँग तालमेल गरेको हो । सोहीअनुसार कांग्रेसका नौ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

