काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून
काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षको हालसम्मकै कम मापन गरिएको छ।
काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबारभन्दा न्यूनतम तापक्रम आज थप घटेको हो ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम आइतबार (पुस २०) ४, शनिबार (पुस १९) ४.५ डिग्री सेल्सियस थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२ ०७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

