Harsamaya
खालिदा जियाको अन्त्येष्टिका लागि परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री बालानन्द शर्मा ।

काठमाडौं - परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् । 

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ । 
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update