Harsamaya
भवन मर्मत नहुँदा प्रदेशसभाको बैठक बस्न सकेन
सुदूरपश्चिम प्रदेशसभा ।

सुदूरपश्चिम - जेनजी आन्दोलनमा क्षति पुगेको भवन मर्मत ढिलाइ हुँदा आज बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न सकेन ।

यही पुस ७ गते बसेको प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज दिउँसो २ बजेका लागि प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको बैठक सञ्चालन गर्ने समझदारी भएको थियो । 

 चालु अधिवेशनअन्तर्गत पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो । त्यसपछि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएपछि बैठक अनिश्चित बनेको थियो ।

बैठक सञ्चालन हुन नसक्दा महत्वपूर्ण विधेयकहरु माथिको कारबाही अघि बढ्न सकेको छैन । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलहरुका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो । 

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आन्दोलनमा क्षति पुगेका संरचनाको मर्मत सम्भार नसकिएकोले बैठक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update